दफा १४
सुनुवाइको सिलसिलामा छुट्टै कक्षमा रहन पाउने अधिकार
(१) अदालतले कसूरकोसुनुवाइको सिलसिलामा अभियुक्त, अभियुक्त सम्बद्ध व्यक्ति र अभियुक्तका साक्षीबाटपृथक रहने गरी पीडितको निमित्त छुट्टै कक्ष उपलब्ध गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम छुट्टै कक्ष उपलब्ध गराउन सम्भव र व्यवहारिकनभएमा सुनुवाइ हुँदा अदालतले पीडितको सुरक्षा र हितको निमित्त पीडितसँग अभियुक्त,अभियुक्त सम्बद्ध व्यक्ति र अभियुक्तका साक्षीले अदालतले अन्यथा आदेश दिएकोमाबाहेक सम्पर्क गर्न नसक्ने आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।